यूएईले आफ्ना नागरिकलाई भन्यो: इरान, इराक र लेबननको यात्रा नगर्नू

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई इरान, इराक र लेबननको यात्रामा प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै विदेश मन्त्रालयले यूएईका नागरिकलाई इरान, इराक र लेबननको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।’

यूएईले यी तीन देशमा रहेका आफ्ना नागरिकलाई ‘तुरुन्तै देश फर्कन’ अपिल पनि गरेको छ। यसअघि यूएईले हालै मात्र तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार