प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

२०८३ बैशाख २१, सोमबार

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको बताएका छन्।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन दलहरूबीच कुनै मतभिन्नता नरहेको र सरकारले आफ्नो गतिमा जनपक्षीय काम गरिरहेको बताए । मुख्यमन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन र आगामी आर्थिक वर्षमा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी योजना छनोटमा सरकारको ध्यान रहेको उल्लेख गरे ।

कांग्रेस मधेस प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसभित्र कुनै प्रकारको विमति नभएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार