टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई जना पक्राउ

२०८३ बैशाख २२, मंगलवार

बाँके : सामाजिक सञ्जाल टिकटकमा हतियारसहितको भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका वडा नं. ४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूले आफ्नो टिकटक आईडीबाट हातमा हतियार समातेको र सर्वसाधारणलाई आतंकित पार्ने खालका अस्वाभाविक गतिविधि प्रदर्शन गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘Ajay Magar’ र अनिल खटिकले ‘Anilsonkhar’ नामको टिकटक आईडी प्रयोग गरी त्यस्ता भिडियोहरू सार्वजनिक गरेका थिए। आम जनमानसमा असुरक्षाको भावना पैदा गर्ने र समाजलाई आतंकित तुल्याउने किसिमका दृश्यहरू पोस्ट गरेपछि उनीहरूलाई प्रहरीले निगरानीमा राखेर पक्राउ गरेको हो।

सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याउने यस्ता क्रियाकलापलाई गम्भीरतापूर्वक लिँदै प्रहरीले उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाएको छ। बाँके प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका दुवै जनालाई मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराई म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार