कांग्रेस सभापति थापाले सांसदहरूलाई प्रशिक्षण दिने

२०८३ बैशाख २३, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।

बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिन लागेको दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार