काठमाडौं : गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ ।
आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ घ्याम्पेशालबाट बिरेन्चोक जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले गुरुङलाई ठक्कर दिएको हो ।
चालक गोनपा–११ का हिराबहादुर कुमाल र ट्रक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





