महासङ्घ अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाले

२०८३ बैशाख २४, बिहीबार

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका हुन् ।

अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताएका छन् ।

अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार