१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

२०८३ बैशाख २४, बिहीबार

दाङ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार