बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५५ रूपैयाँ कायम भएकोमा आज १ सय २० रुपैयाँले बढेर ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार