भूमिहीन सुकुमबासीमाथि ज्यादती भएको छ : मुख्यमन्त्री कँडेल

२०८३ बैशाख २५, शुक्रबार

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमबासीमाथि ज्यादती भइरहेको बताएका छन्। यो ज्यादती बन्द गर्न उनले केन्द्र सरकारलाई आग्रह पनि गरेका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जनतालाई कानुन कार्यान्वयनको नाममा आतङ्कित बनाउने काम भएको छ।’

लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुमबासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा रहेको उनले टिप्पणी गरे। वास्तविक अवस्था अध्ययन नगरी सुकुमबासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको कँडेलको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार