विराटनगरमा केक खाँदा तीन बालिका बिरामी

२०८३ बैशाख २५, शुक्रबार

​विराटनगर : विराटनगर–११ का तीन जना बालिकाहरू केक खाएपछि बिरामी भई अस्पताल भर्ना भएका छन्। विराटनगरस्थित किरण क्लासिक बेकरीबाट खरिद गरिएको केक खाँदा उनीहरू बिरामी परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

बिरामी हुनेहरूमा विराटनगर–११ बस्ने नसोदन ठाकुरकी छोरी ११ वर्षीया श्रीष ठाकुर, दुर्गानन्दकी छोरी ८ वर्षीया आँचल महतो र रामबाबुकी छोरी १४ वर्षीया पल्लभी ठाकुर रहेका छन्।

उनीहरूले हिजो साँझ बेकरीबाट केक किनेर खाएको र त्यसलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी लिला लामिछानेले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार