कांग्रेस–एमाले सहकार्य तत्काल टुट्दैन : सभापति थापा

२०८३ बैशाख २६, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले गएको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारीमा बसेर पनि असहयोग गर्ने नेता–कार्यकर्तालाई जिम्मेवारीबाट बाहिर राखिने बताएका छन् ।

धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले गत फागुन २१ को निर्वाचनमा रुख चिन्ह छाडेर अन्तै भोट हाल्ने नेता–कार्यकर्ता केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी दिए ।

‘नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाइँदैन’, उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ ।’ उनले यस पटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गरे ।  उनले कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारेका छन् ‘हामी हार्‍यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन, ’ उनले भने ।

सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने समेत बताएका छन् । प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार