बालेन प्रधानमन्त्री बन्नु मेरा लागि क्रान्तिकै संकल्पको जीत हो : प्रचण्ड

२०८३ बैशाख २९, मंगलवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सदनमा जसको प्रवेश भए पनि आफ्नै भएजस्तो लाग्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफूहरूले बन्दुक उठाएकै कारणले अहिले सदन समावेशी भएको बताए।

उनले भने, ‘बालेन्द्र शाह काठमाडौं मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला तर मलाई लाग्छ यो क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ।’

उनले रास्वपासँग हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको स्मरण गर्दै रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बधाई पनि दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार