रास्वपा अराजक जमातहरूको अस्थायी गठजोड : बादल

२०८३ बैशाख २९, मंगलवार

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपालाई ‘अराजक जमात’को संज्ञा दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले रास्वपा लोकप्रियतावादको दलदली जगमा अडिएको टिप्पणी गरे।

‘राजनीतिक नेतृत्वका दृष्टिले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको, अति महत्त्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ उनले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थीर प्रवृत्ति हो।’

थापाले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरूप्रति सरकारको नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा मौन रहेको भन्दै आपत्ति जनाए। आफ्नै परमाधिपतिको मुख्यालयमा हमला हुँदा नेपाली सेना मूकदर्शक बनेको टिप्पणी गर्दै उनले प्रश्न गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दै छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार