नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा जुम्लाका शिक्षकविरुद्ध मुद्दा

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

उक्त नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई उनले शिक्षकको हैसियतमा सेवासुविधा तथा लाभ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले उनलाई विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गत कसुर कायम गरी सोही दफाबमोजिम सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार