टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : धादिङमा ठूलो ढुंगा टिपरमाथि खस्दा चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान थाक्रे गाउँपालिका-७ रामचेमा ढुंगा खसेर बा ५ख ८५८० नम्बरको टिपरमा लागेको हो। टिपरमाथि खस्दा सोही ठाउँका चालक ३२ वर्षीय दिपेन्द्र खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार चालक खत्री बद्रकाली रोडा, ढुंगा उद्योगमा काम गर्थे। त्यही काम गरिरहँदा चालक खत्रीको मृत्यु भएको हो।

उक्त उद्योग काठमाडौं बस्ने हर्कराज तामाङले सञ्चालन गर्थे। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार