कञ्चनपुरमा होटेल व्यवसायीमाथि समूहगत आक्रमण

२०८३ जेष्ठ १०, आईतवार

काठमाडौँ : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा एक होटेल व्यवसायीमाथि एक समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति करिब ९ बजेतिर कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर वीरेन्द्र थापाले होटेलमै रहेका बेला ५ देखि ६ जनाको समूह आएर चन्दमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। घटनापछि घाइते भएका चन्दको उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी दृश्य कैद भएको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार