काठमाडौँ : सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने प्रतिबद्धता जनाएका हुन्।
विपक्षी दलहरूले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिइरहेका छन्। संसद् नियमावलीमा संसद् सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।
यसअघि विपक्षीले सोही माग राखेर संसद् अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए आजको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।





