श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

२०८३ जेष्ठ १२, मंगलवार

बागमती : हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आज बिहान श्रीमतीलाई कुटपिट गर्दा ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

श्रीमानको कुटपिटबाट गम्भीर भुजेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार