काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।





