मकवानपुर : सरकारले हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षकाे २०८३/८४को बजेट भाषण मार्फत ग्रिन हाइड्रोजनको व्यवसायीक उत्पादनको सुरु गर्ने गरी उक्त प्लान्टको निर्माण थाल्ने बताएका हुन् ।
अर्थ मन्त्री वाग्लेले बजेट भाषण मार्फत हेटौँडा ढल्केबर प्रसारणलाई सम्पन्न गर्ने घोषणा गरेका समेत छन्।





