काठमाडौं : १५ मिनेटका लागि स्थगित भएपछि बसेको बैठकमा पनि विपक्षीले अवरोध गरेका छन् । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन् ।
यसअघि पनि सोही विषयमा विपक्षीको अवरोधपछि बैठक स्थगित भएको थियो । सभामुखले बजेटमाथि छलफल गर्नुपर्ने भन्दै कारबाही अघि बढाउन आग्रह गरिरहेका छन् । आकस्मिक समय चलाउन खोजेका छन् । प्रधानमन्त्रीले प्रमाण पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने भनाइ विपक्षीको छ ।





