कांग्रेसले छायाँ सरकार गठन गरेको होइन : नेता आङ्देम्बे

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् ।

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ ।

“प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन”, आङ्देम्बेले भने ।

विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उनले स्पष्ट पारे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार