तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान् पनि वाक्क भइसके : ज्ञानेन्द्र शाही

२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं : राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादप्रति कडा असन्तुष्टि व्यक्त गर्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान् पनि वाक्क भइसक्नुभएको होला ।’

पार्टीभित्रको विवाद र शक्ति संघर्षले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको उनको भनाइ छ । शाहीले अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको विवादप्रति संकेत गर्दै अहिलेको समय आरोप–प्रत्यारोप गरेर टुट्ने र फुट्ने नभई जुट्ने समय भएको उल्लेख गरेका छन् ।

उनले नेतृत्वका लागि भइरहेको हानाथाप र अहंकारले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसामा नकारात्मक असर परेको टिप्पणी गरेका छन् । ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ । तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं’, शाहीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार