सशस्त्रको हेडक्वाटरको सवारी शाखामा आगलागी

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हलचोकस्थित सवारी शाखा क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बुधबार राति करिब आठ बजेतिर भएको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, “मुख्यालयको सवारी शाखाबाट आगो सल्केको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको छ । अन्डरग्राउन्ड पार्किङमा राखिएको विद्युतीय सवारीसाधनबाट आगो लागेको अनुमान छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार