फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौं : लोक तथा दोहोरी संगीतका प्रसिद्ध गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् ।

रघुजी फिल्म्सको आगामी कथानक ‘तीन तिघ्रे, क्या बिग्रे’ फिल्ममा उनी अनुबन्धित भएका छन् । केही महिनाअघि नै उनी यो फिल्ममा आबद्ध भैसकेपनि निर्माताले विहिबार मात्र उनको कास्टिङबारे औपचारिक घोषणा गरेको हो । अमरदीप सापकोटाको पटकथा तथा निर्देशन हुने यो फिल्मको छायांकन असार दोस्रो सातादेखि हुने जनाइएको छ ।

‘पछिल्लो समय नेपाली चलचित्र बजारमा एकै प्रकारका कथावस्तु र सीमित कलाकारको वर्चस्व देखिएको अवस्थामा शर्माको प्रवेशले नयाँ उत्साह थप्ने विश्वास गरिएको छ’ निर्माता रघुनाथ सापकोटाले विज्ञप्तिमा भनेका छन् ।

फिल्मको टाइटल सुन्दा हाँस्य कथावस्तुमा बन्न लागेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रेषित विवरणमा गायक शर्मालाई निर्माता र निर्देशकसँग देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार