चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक

२०८३ जेष्ठ २३, शनिबार

काठमाडौँ : चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरिएको छ । फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरेको हो ।

उज्ज्वल सागरको स्वर रहेको गीतमा शब्द रोशन अधिकारीको छ भने संगीत सागरले नै दिएका छन् । गीतले सपना कुरा गर्छ । गीतले उज्ज्वल भविष्यको कामना गर्दै त्यसका लागि देख्ने सपना र मेहनतको विषय उठान गरेको छ । सन्तानको सुखमा खुसी हुने अभिभावक र दुःखमा दुखी बाबुआमाको कथा गीतमा उनिएको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार छन् । जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार