१७ करोड बिगो तिर्ने कबुलपछि छुटे महेन्द्र भोटे

२०८३ जेष्ठ २४, आईतवार

काठमाडौं : कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन् ।

१७ करोड बिगो रकम कबुल तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । शनिबार र आइतबार कार्यालय बिदा भएकोले सोमबार उनको रिहाइ प्रक्रिया अघि बढ्ने बताइएको छ ।

महेन्द्र नेकपा एमालेनिकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए । जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार