रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

२०८३ जेष्ठ २५, सोमबार

दैलेख : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएका हुन। उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गरे ।

त्यसैगरी, उपसभापतिमा गणेश शाही, सचिव पदमा रमेश केसी निर्वाचित भएका छन् भने सहसचिवमा रामबहादुर शाही निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार