महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा

२०८३ जेष्ठ २६, मंगलवार

चितवन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।

संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उहाँले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहेको छ भने ।

पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार