मन्त्रिपरिषद्मा सुधन गुरुङलाई पाँचौं वरियता, महावीरलाई आठौं

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन् ।

गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्‌मा पाँचौं वरीयता दिइएको छ भने नवनियुक्त मन्त्री महावीर पुनले आठौं वरीयता पाएका छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त र गृहमन्त्री गुरुङको वरीयता तोकिएको छ । पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोक्दै आठौं वरीयता प्रदान गरिएको छ ।

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार