फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौँ : मकवानपुरमा तराई मधेस फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

गएराति भिमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री बाटोमा माण्डु हाइड्रोपावरबाट इपा जाँदै गर्को बा.प्र ०१-०३३ च २१४४ नम्बरको पिक अप गाडी दुर्घटना हुँदा चालक र इन्जिनियरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाडी सडकबाट झन्डै एक सय मिटर तल खोलामा खसेको थियो।

चालक सिन्धुलीको कमलामाइ नगरपालिका-९ भिमानका अन्दाजी ४०/४२ वर्षका बोधराज बुढाथोकी र फास्ट ट्र्याकमै कार्यरत इन्जिनियर बाराको पचरौता नगरपालिका-७ का अन्दाजी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो। चालक बुढाथोकी नेपाली सेनाका भुतपूर्व सैनिक हुन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उद्धार गरी बिहान ५ बजे मात्रै हेटौडा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेको थियो। दुवैको शव अस्पतालमा राखिएको र परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार