संविधान संशोधन बहस पत्र तयारी कार्यदलले गर्‍यो तीन पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं : संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज तीन जना पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो ।

​सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो। सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार