काठमाडौं : सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।
नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस, २०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ ।





