बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले जेठ २९ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्य १५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

जेठ २८ गते काठमाण्डौमा भएको संघको भुर्चअल बैठकमा अण्डा उत्पादकहरुको राय परमार्श र सिफारिस अनुसार चितवनलाई आधारमानि अण्डाको फार्म समर्थन मूल्य निर्धारण गरिएको हो । नयाँ मूल्यसूची अनुसार एक्स एल अण्डाको प्रतिक्रेट मूल्य १५ रुपैयाँले बढ्दै ५७५ रुपैयाँ कायम भएको छ ।

यस्तै ठूलो अण्डाको मूल्य पनि प्रतिक्रेट १५ रुपैयाँले बढ्दै प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । मूल्यवृद्धिसँगै मिडियम अण्डाको मूल्य ५३० रुपैयाँ कायम भएको छ । सानो अण्डाको मूल्य २९ रुपैयाँ बढेर ४८७ रुपैयाँ पुगेको छ । संघले उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार