काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन । जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले फेसबुकमा लेखेका छन् ।






