तीन जनाको शव फेला

२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। उदयपुरको वेलका नगरपालिका-८ माझाटोलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँ नजिकै रहेको खेतमा बैजनाथ गाउँपालिका-५ न्यु सिटी बस्ने २७ वर्षीय टिकाराम थापा आइतबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सुनयना पथमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार