मोटरसाइकल दुर्घटनामा बास्तोलाको निधन

२०८३ असार १, सोमबार

पोखरा : सडक दुर्घटनामा परेर नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको निधन भएको छ ।

आइतबार साँझ पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले बास्तोलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्किने क्रममा साढे ५ बजेतिर यो दुर्घटना हुँदा ३२ वर्षीय वास्तोलाको निधन भएको हो । मिक्स्चरले पछाडिबाट ठक्कर दिएपछि सडकमा लडेका बाँस्तोलालाई तत्काल नजिकैको मेट्रोसिटी अस्पताल लगिएको थियो ।

तर चिकित्सकले उनलाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरेका थिए । बाँस्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एवं कास्की क्षेत्र नम्बर ३ का नेता खिमलाल बास्तोलाका छोरा हुन् । उनी अविवाहित थिए ।

कास्की जिल्ला ट्राफिक कार्यालयले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडाका ४० वर्षीय राजन अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार