काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन्।
पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमन गर्दै ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तितर्फ लक्ष्य गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन शाहबाट मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका हुन्।
‘हामी यस्तै समाजतर्फ जाँदैछौं? यदि जाँदै छैनौं भने कम्तीमा आफ्नो मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् प्रधानमन्त्रीज्यू,’ आज दिउँसो एक भिडिओ सन्देश जारी गर्दै उपसभापति शर्माले भनेका छन्।





