पासपोर्ट प्रकरणमा तानिइन् आरजु राणा

२०८३ असार ५, शुक्रबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ ।

आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तामेलीको सूचना टाँसेको छ । २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ । सोही भग्नावशेष बनेको घरको भित्तामा सूचना टाँसिएको छ ।

आरजुलाई बाटोको म्यादबाहेक तीनदिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ । उक्त सूचना यही असार २  गतेको मितिमा टाँसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार