सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १० हजार ५ सय रूपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज ३ सय ५ रुपैयाँले घटेर ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार