राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहितले पार्टी छोडे

२०८३ असार ५, शुक्रबार

काठमाडौँ : राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहित नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख गएको हुँदा पार्टी परित्याग गर्नुपरेको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताएका छन् ।

पार्टीमा भनाई र गराईमा एकरुपता नहुँदा काठमाडौं समितिमा रहेकाहरुले संयुक्त राजीनामा दिएको उनले जानकारी गराएका छन् ।

‘आजको मितिबाट राप्रपा काठमाडौं जिल्लामा विभिन्न तहमा कार्यरत पार्टीका साथीहरू राप्रपाबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गरेका छौं ,’ सिंम्खडाले भने ।

राजीनामा दिनेहरुमा काठमाडौं समिति, काठमाडौं–२ को समितिका लगायत रहेको जानकारी गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार