ज्येष्ठ शुक्ल षष्ठी : सिथि नखः मनाइँदै

२०८३ असार ६, शनिबार

काठमाडौँ : आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार षष्ठी पनि भनिन्छ । कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी कुमार षष्ठी मनाइँदैछ ।

पद, धन र मान हानि भएकाले आज कुमार कार्तिकेयको व्रत एवं पूजा आराधना गरेमा गुमेको मानपदवी हुन्छ भन्ने विश्वास छ । आज सिथि नख (सिथि नखः) पनि हो । नेवार समुदायले मनाउने यो पर्वमा पानीका मुहान, इनार, ढुङ्गेधारा र पोखरीहरूको सरसफाइ गरी जलस्रोतको संरक्षण गर्ने परम्परा छ । साथै, यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन पनि छ ।

यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार