धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

२०८३ असार ८, सोमबार

काठमाडौँ : काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार