रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

२०८३ असार ८, सोमबार

काठमाडौँ : रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए ।

दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका-२ घर्तीगाउँस्थित स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बस चालक रोल्पाको थवाङ गाउँपालिका-३ मिरुलका अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार