क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि

२०८३ असार १०, बुधबार

काठमाडौँ : नेपाली काँग्रेसले सदस्यता नयाँ वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो ।

जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

729414177_1581879956632919_1976344820251259902_n730474826_1581879963299585_1781218037088953400_n728568636_1581879959966252_486250259531072805_n730348110_1581880026632912_1990764810317685696_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार