यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान

२०८३ असार १०, बुधबार

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्।

असार ५ गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझै पनि त्यहीँ कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ।

यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी पूरा भइसकेको सूचना अधिकारी महतले बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार