चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा भद्रगोल देखिँदा प्रतिनिधिहरू घर फर्किन थालेका छन्। असार ७ देखि ९ गतेसम्म तय गरिएको महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू घर फर्किन थालेका हुन्। रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन्।
महाधिवेशन उद्घाटनको अघिल्लो दिनदेखि नै चहलपहल बढेको थियो। तर, अहिले रास्वपा महाधिवेशन स्थल सुनसान देखिन थालेको छ।
उद्घाटन सत्र सकिएसँगै प्रतिनिधि रनभुल्लमा पर्न थालेका थिए। एक दिन ढिलो गरेर बन्दसत्र सुरु भएको थियो।





