ग्रिनेड विस्फोट हुँदा सेनाका हुद्दा विष्टको मृत्यु

२०८३ असार ११, बिहीबार

काठमाडौँ : कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका नेपाली सेनाको हुद्दाको उपचारकाे क्रममा मृत्यु भएको छ । सहसेनानी घाइते भएका छन् ।

बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्किँदा हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा दुबै जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार