काठमाडौं उपत्यकाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८३ असार १२, शुक्रबार

काठमाडौँ : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

ब्यूरोले ९ असारमा पक्राउ परेका थापामगरको अनुसन्धानका सिलसिलामा ११ असारमा उनलाई खैरो हेरोइन बिक्री गर्ने बस्नेतलाई पनि पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले थापामगरबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार बस्नेतलाई ब्यूरोले ८० ग्राम खैरो हेरोइनसहित ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार