कस्तो रहनेछ आजको मौसम ?

२०८३ असार १५, सोमबार

काठमाडौँ : मुलुकका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइसकेको छ।

बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा आगामी दुई देखि तीन दिनभित्रमा मनसुन विस्तार हुने बलियो सम्भावना देखिएको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशका साथै मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति छ। हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार